प्रधानमन्त्री ओलीलाई शुक्रबारसम्ममा डिस्चार्ज गरिने

दियो पोस्ट  

काठमाडौँ, मंसिर १९ । प्रधानमन्त्री केपी शर्मा ओलीको डिस्चार्ज हुने भएको छ । १० दिनदेखि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीलाई विहीबार बेलुकी अथवा शुक्रबार विहानसम्म डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

स्वास्थ्य अवस्था अपेक्षा अनुरुप सुधार भइरहेकोले बिहीबार साँझ वा शुक्रबारसम्ममा डिस्चार्ज गरिने प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकले बताए ।

बिहीबार बिहान चिकित्सकहरुको बैठकले प्रधानमन्त्रीको स्वास्थ्य अहिले जस्तै सुधार भइरहेको खण्डमा साँझसम्म डिस्चार्ज दिने बताएका हुन ।

प्रधानमन्त्री ओलीको गत मंगलबार मात्रै एपेन्डिासाइटिसको शल्यक्रिया गरिएको थियो । उनको स्वास्थ्यस्थितिलाई लिएर विभिन्न टिकाटिप्पणी भएपछि प्रधानमन्त्रीले आइसियुबाटै लाइभ भिडियोमार्फत आफ्नो स्वास्थ्यस्थितिबारे जानकारी दिएका थिए ।