
काठमाडौं, १९ मंंसिर । १० दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । उनलाई बिहीबार अपराह्न ४ बजे डिस्चार्ज भएका हुन् ।
एपेन्डिसाइटिसको शल्यक्रिया र पेटमा फैलिएको संक्रमणको उपचारका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मंसिर १० गते भर्ना भएका ओली स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि आज बिहीबार बालुवाटार फर्किएका हुन् ।
चिकित्सकले उहाँलाई थप संक्रमणबाट जोगाउन केही दिन अझै अस्पताल राख्ने सोच बनाएपनि ओलीले बालुवाटारमै गएर आराम गर्ने चाहना व्यक्त गरेपछिउनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीलाई भर्ना भएकै दिन एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो भने भोलिपल्टसम्म भेन्टिलेटरमा राखिएको थियो । उनलाई संक्रमणबाट जोगाउन अस्पताल बसाई अवधिभर आईसीयुमै राखेर उपचार गरिएको थियो ।

प्रधानमन्त्री डिस्चार्ज हुनुभन्दा अगाडी राष्ट्रपति विद्यादेवि भण्डारी अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।