साग तेक्वान्दोः भारतीय खेलाडीलाई २ अंकले पराजित गर्दै भुपेनले जिते स्वर्ण

दियोपोस्ट संवाददाता

दक्षिण एसियाली खेलकुद अन्तर्गत तेक्वान्दोमा भूपेन श्रेष्ठले स्वर्ण जितेका छन्। उनले ८७ केजी मुनि तौल समूहमा भारतीय खेलाडीलाई हराएका हुन्।

भुपेनले २९ अंक प्राप्त गरे भने भारतीय खेलाडी अक्षय हुडाले २७ अंक जोडे।

सागको चौथो दिन नेपालले तेक्वान्दोलमा अहिलेसम्म १ मात्र स्वर्ण जित्न सफल भएको छ। आज ६ वटा खेल भएका थिए।

सम्बन्धित खबर