काठमाडौं, मंसिर २० । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन शुक्रबार विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ । काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १९ खेलमा प्रतिस्पर्धा हुनेछ ।
सागमा शुक्रबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती,बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।
जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।
पदक तालिकामा पाँचौ दिनसम्म भारतले ६४ स्वर्णसहित अग्रता बनाएको छ । ३६ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।