एथ्लेटिक्सतर्फको ५ हजार मिटरमा नेपालका गोपीलाई स्वर्ण पदक

एथ्लेटिक्सतर्फको ५ हजार मिटरमा नेपालका गोपीलाई स्वर्ण पदक

काठमाडौँ, मंसिर २० । दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत शुक्रबार भएको खेलमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् । पुरुषतर्फको ५ हजार मिटर दौडमा गोपीले पहिलो स्वर्ण जितेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दौडमा गोपीले १४ मिनेट ५४.२० सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण जितेका हुन् । सागअन्तर्गत ५ हजार मिटर दौडमा नेपालले पहिलो स्वर्ण जितेको हो ।

भारतका सुनिल दवारले १४ मिनेट ५७.२१ सेकेन्डमा निर्धारित दुरी पार गर्दै रजत पदक हाँसिल गरे भने नेपालकै हरिकुमार रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा निर्धारित दुरि पार गर्दै काश्य पदक जितेका छन् ।

यो संगै नेपालले प्राप्त गरेको स्वर्ण पदकको संख्या ३७ पुगेको छ । स्वर्ण पदकमा भारत शीर्ष स्थानमा रहेको छ ।

Trending News