गल्फमा नेपाललाई ऐतिहासिक २ स्वर्ण

गल्फमा नेपाललाई ऐतिहासिक २ स्वर्ण

काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत गल्फमा नेपालले २ वटा स्वर्ण पदक जितेको छ ।

गोकर्ण गल्फ कोर्समा शुक्रबार नेपाललाई सुवास तामाङले टिम इभेन्ट्स र व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जिताएका हुन् ।

सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरसहित कुल १५ अन्डर २७४ स्कोरसहित प्रथम स्थान हासिल गरे ।

यस्तै नेपालले टिम इभेन्टतर्फ पनि स्वर्ण पदक पक्का गरेको छ । टिम इभेन्टमा नेपालबाट सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङले प्रतिस्पर्धा गरेका थिए ।

Trending News