निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम रोक्न सर्वोच्चको आदेश

निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम रोक्न सर्वोच्चको आदेश

काठमाडौँ, मंसिर २० । सर्वोच्च अदालतले बारास्थित निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम नबढाउन आदेश गरेको छ ।

शुक्रबार न्यायधीश टंकबहादुर मोक्तानको एकल इजलासले निर्माणाधिन निजगढ विमानस्थलको काम यथास्थितिमा राख्न सरकारलाई आदेश गरेको हो ।

पुर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले विमानस्थलको काम रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले दुबै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि पनि बोलाएको छ

Trending News