सागमा गौरिकालाई दोस्रो स्वर्ण, ब्याकस्ट्रोकमा भारतीय खेलाडीलाई हराइन्

सागमा गौरिकालाई दोस्रो स्वर्ण, ब्याकस्ट्रोकमा भारतीय खेलाडीलाई हराइन्

काठमाडौँ, मंसिर २० । १३ औँ दक्षिण एसियाली खेलकुदमा गौरिका सिंहले दोस्रो स्वर्ण जितेकी छिन् । शुक्रबार २ सय मिटरको ब्याकस्ट्रोक पौडीमा गौरिकाले स्वर्ण जित्दै जारी सागमा दोस्रो पटक स्वर्ण जितेकी हुन् ।

गौरिकाले २ मिनेट १७.७३ सेकेण्डमा निर्धारित दुरी पार गरेकी हुन्। भारतीय खेलाडी दोश्रो भइन्। उनले २ मिनेट २०.७१ सेकेण्डमा दुरी पार गरिन् भने तेश्रो भएकी श्रीलङ्काकी खेलाडीले २ मिनेट २७।.५ सेकेण्डमा दुरी पार गरिन्।

यसअघि गौरिकाले बिहिबार २ सय मिटर फ्रिस्यायलमा पनि स्वर्ण जितेकी थिइन्। गौरिकाले फ्रिस्टायलमा नयाँ राष्ट्रिय किर्तिमान समेत कायम गरेकी थिइन्।

Trending News