साग अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्ससँग खेल्ने

दियो पोस्ट  

काठमाडौँ मंसिर २१ । साग अन्तर्गत पुरुष फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै छ । खेल दशरथ रंगशालामा बेलुका पाँच बजेपछि सुरु हुनेछ ।

यसअघि दुई मध्ये एकमा जित र एकमा बराबरी गरेको नेपाली टोली फाइनलमा स्थान बनाउनका लागि यो खेलमा जित निकाल्ने लक्ष्यसहित मैदानमा जानेछ।

तेह्रौँ दक्षिण एसियाली खेलकुद सागमा नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो ।

शनिबार नेपाली टोलीले दशरथ रंगशालामा दिउँसो १ बजेपछि माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको हो । माल्दिभ्सले यसअघिका तीन खेलमा दुईमा बराबरी र एकमा पराजय भोकेको छ ।

अंक तालिकामा नेपाल चार अंकसहित दोस्रो स्थानमा छ । माल्दिभ्स मात्रै दुई अंकसहित चौथो स्थानमा छ ।