साग क्रिकेटः बंगलादेशबिरुद्ध पुर्वकप्तान पारसले लिए तीन विकेट

दियोपोस्ट संवाददाता

काठमाडौँ, मंसिर २१ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशबिरुद्ध पारस खड्काले तीन विकेट लिएका छन् । शनिबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जित्दै बलिङ रोजेको हो ।

निकै नै बलियो टिमसँग प्रतिस्पर्धा गरिरहेको नेपालले ९ ओभर सक्किसक्दा तीन विकेट लिएको छ । चार ओभर बलिङ गरेका पुर्वकप्तान पारसले १५ रन खर्चिएर ३ विकेट लिएका हुन् । जारि अवस्थामा बंगलादेशले ५१ रन बनाएको छ । ब्याटिङमा कप्तान नाजमुल होसन सान्तो र यसिर अलि रहेका छन् । बलिङमा सुशन भारी रहेका छन् ।

नेपालका लागि आजको खेल समुह चरणको अन्तिम खेल हुनेछ । यसअघिको खेलमा नेपालले निकै नै उत्कृष्ठ प्रदर्शन गरेको थियो । सहज रुपमा फाइनल प्रवेशका लागि आजको खेल जित्ने लक्ष्यमा नेपाल रहेका छन् ।

सम्बन्धित खबर