बंगलादेशद्धारा नेपालसामु १ सय ५६ रनको लक्ष्य प्रस्तुत

दियोपोस्ट संवाददाता

काठमाडौँ, मंसिर २१ । १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष त्रिकेटको शनिबारको खेलमा बंगलादेशले नेपाललाई १ सय ५६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा वंगलादेशले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५५ रन बनाएको हो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको बंगलादेश शुरुवाती समयमा निकै दबावपुर्ण ढंगबाट खेलेको थियो । लगातार विकेट गुम्न थालेपछि बंगलादेशका खेलाडीले निकै शतर्कका साथ खेल प्रदर्शन गरेका थिए । बंगलादेशका लागि कप्तान नजमोल होसन सान्तोले सर्वाधिक ७५ रन बनाए । उनले ६० बलमा ४ चौका र ४ छक्का हिर्काए । त्यस्तै अफिफ हुसेनले २८ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ५२ रनको योगदान गरे । यशिर अलिले १४ रन लिँदा मोहम्मद नेम र शौम्य सरकार ६÷६ रन लिएर पवेलियन फर्के ।

बलिङतर्फ नेपाली क्रिकेट टिमका पुर्वकप्तान रहेका पारस खड्काले सर्वाधिक ३ विकेट लिए । दिपेन्द्र सिंह ऐरिले २ विकेट लिँदा अभिनास बोहराले एक विकेट लिए । खेलको शुरुवातमा निकै नै राम्रो फिल्डिङ गरेको नेपालले त्यसलाई निरन्तरता दिन सकेन । अन्तिम अन्तिम चरणमा नेपालले निकै सुनौलो विकेटको अवसरलाई गुमाउन परेको थियो ।

समुह चरणका अन्तिम खेलमा नेपाल जितको खोजिमा रहेको छ । यसअघिको खेलमा नेपालले उत्कृष्ठ प्रदर्शन गरेको थियो ।

सम्बन्धित खबर

सिफारिस