काठमाडौँ, मंसिर २२ । बाँकेको कोहलपुरमा कर्फ्यू जारी भएको छ । ट्रकको ठक्करबाट बालिका गम्भिर घाइते भएपछि विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनले उग्र रुप लिएपछि कर्फ्यु लगाइएको जिल्ला प्रहरी कार्यलय बाँकेले जनाएको छ ।
कोहलपुरका केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी कर्फ्यू लगाइएको हो ।
कोहलपुरस्थि त्रिभुवन माध्यामिक विद्यालयको कक्षा ७ अध्ययनरत बालिकालाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि प्रदर्शन चर्किएको थियो। विद्यार्थीहरुले ठक्कर दिने ट्रकसमेत जलाएका छन्। प्रदर्शनकै क्रममा प्रहरी र विद्यार्थीबीच झडप पनि भएको छ।
प्रहरीको हवाई फायरले पनि भीड नियन्त्रण नभएपछि कर्फ्यू जारी गरिएको बताए। झडपका क्रममा इलाका प्रहरी कार्यलय कोहलपुरका प्रहरी नायव उपरिक्षक हेम शाही सहित २५ जना विद्यार्थी घाइते भएका छन् ।