सागको नवौँ दिन, १३ खेलमा प्रतिस्पर्धा हुँदै

दियो पोस्ट  

काठमाडौँ, मंसिर २३ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा सोमबार १३ खेल हुने भएको छ । काठमाडौँ, पोखरा र जनकपुरमा गरि कुल १३ खेलमा प्रतिस्पर्धा हुन लागेको हो ।

आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ । जसमा महिला फुटबल र आर्चरी पोखरामा हुनेछ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।

पदक तालिकामा आठौं दिनसम्म भारतले १४५ स्वर्णसहित अग्रता बनाएको छ । ४५ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।