साग क्रिकेटः माल्दिभ्सलाई पराजित गर्दै नेपालले जित्यो काश्य

दियोपोस्ट संवाददाता

काठमाडौँ, मंसिर २३ । १३ औँ दक्षिण एसियाली खेलकुद(साग) को पुरुष क्रिकेटमा नेपालले काश्य पदक हाँसिल गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा माल्दिभ्सलाई पाँच विकेटले पराजित गर्दै नेपालले काश्य पदक जितेको हो ।

माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले ५ विकेट गुमाउँदै १६ ओभर १ बलमा भेट्टाएको थियो । नेपालका लागिनेपालका लागि आरिफ शेखले ३२ र कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए । विनोद भण्डारी १२ रनमा आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । उसका लागि लेम शफीगले १९ रन बनाए भने मोहम्मद रिशवनले १७ रन जोडे ।

नेपालका ललितनारायण राजवंशीले ३ विकेट लिए ।