विश्वकप फुटबल र ओलम्पिक खेल्न रसियालाई प्रतिवन्ध

दियोपोस्ट संवाददाता

एजेन्सी । रसियाले आगामी विश्वकप र ओलम्पिक खेल खेल्न नपाउने भएको छ । विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले रसियालाई ठुलो खेल खेल्नमा प्रतिवन्ध लगाएको हो । वाडाको निर्णयसहित रसियाले जापानमा हुने ओलम्पिक र कतारमा हुने विश्वकपमा सहभागी हुन पाउने छैन ।

तर डोपिङबाट आफुलाई निर्दोश सावित गर्ने खेलाडीले तटस्थ झण्डामा रहेर प्रतियोगितामा सहभागीता जनाउन सक्नेछन् । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदले प्रतिबन्ध रुस बिरोधीको हिस्सा भएको बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुससंग निर्णयको विरुद्व अपिल गर्ने आधार रहेको बताएका छन् । स्विटजरल्याण्डमा बसेको वाडाको कार्यकारी समितिको बैठकले रसियालाई प्रतिबन्ध लगाउने बिषयमा सर्वसम्मत निर्णय गरेको थियो ।

रुसले वाडाको निर्णयविरुद्व २१ दिनभित्र कोर्ट अफ आर्बिटेशन फर स्पोर्ट्स (कास)मा अपिल अपिल गर्न सक्नेछ ।

सम्बन्धित खबर

सिफारिस