१३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा नेपालले पहिलो गोल गरेको छ। खेलको १७ औं मिनेटको सुरुमै नेपालका अभिषेक रिजालले भुटानमाथि पहिलो गोल गरेका हुन्।
दशरथ रंगशालामा मंगलबार दिउँसो ठिक ३ बजे सुरु भएको फाइनल भिडन्तको १७ औं मिनेटमा नेपालले अग्रता लिएको हो। अभिषेकको यो तेस्रो गोल हो। सागमा सुजल श्रेष्ठसँग उनले बराबरी गोल गरेका छन्।
आइतबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० गोलले हराउँदै नेपालले फाइनलमा भुटानसँगको भेट पक्का गरेको थियो।