भूटान विरुद्ध नेपालको दोस्रो गोल

भूटान विरुद्ध नेपालको दोस्रो गोल

दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा भुटान विरुद्धको खेलमा नेपाल दुई एकले अगाडी रहेको छ ।

नबौ मिनेटमा मिक्चेन तामाङले पोष्ट भित्र पाएको मौकामा चुक्न पुगे । दर्शकले खचाखच भएको मैदानको १७ औं मिनेटमा नेपालले अग्रता बनायो । नेपालका लागि अभिशेख रिजालले गोल गरे । जारी प्रतियोगितामा अभिशेखको यो तेस्रो गोल हो ।

एक गोलले पछि परेको भुटानले १९ औं मिनेटमा गरेको प्रहार पोष्ट माथिबाट बाहिरीयो । उसका चेन्चोको प्रहार फ्रेममा रहन सकेन ।

त्यसपछि ३४ औं मिनेटमा चेन्चो ग्याल्जोङले डिबक्समा राम्रो अवसर पाएका थिए । तर उनको प्रहार पोष्टमाथिबाट बाहिरीन पुग्यो ।

खेलको ३७ औं मिनेटमा भुटानले खेल बराबरी गर्न सफल भयो । भुटानका लागि कप्तान चेन्चो ग्याल्जेनले उत्कृष्ट गोल गरे ।

त्यसपछि पनि भुटानले नेपालको पोष्टमा आक्रमण गरेको थियो भने उसले दुई पटक पाएको मौकामा असफल भयो । यता नेपालले पनि एउटा सुन्दर मौका पाएको थियो । तर अनन्त तामाङ चुक्न पुगे ।

पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ५४ औं मिनेटमा सुनील बलले गोल गर्न सफल भए । जसका कारण नेपालले खेलमा फरी अग्रता बनायो ।

उनले हेड मार्फत गाेल गरे ।

Trending News