काठमाडौँ, मंसिर २४ । सडक डिभिजन कार्यलय प्युठानका दुई इन्जिनियर घुसहित पक्राउ परेका छन् । मंगलबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको अधिकारीहरुले सिनियर इन्जिनियरद्वय निरोज महर्जन र ध्रुब श्रेष्ठलाई रंगेहात पक्राउ गरेको हो ।
काठमाडौँको बानेश्वर स्थित एलिनाज बेकरी क्याफेबाट उनिहरुलाई घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको हो । उनिहरुको साथबाट दश दश लाख बरामद गरिएको अख्तियार स्रोतले जनाएको छ ।
उनिहरुलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।