मारुती सिमेन्ट विरुद्ध बोल्ने महिला कर्मचारीको रहस्यमयी मृत्यु, हत्या भन्दै उद्योग विरुद्ध प्रदर्शन !

दियो पोस्ट  

सिरहा, २५ मंसिर । सिराहा जिल्लाको गोलबजार नगरपालिका वडा नं–९ स्थित मारुती सिमेन्ट उद्योगमा कार्यरत एक महिला कर्मचारीले उद्योग प्रशासनकै कारण आत्महत्या गरेको खुलाशा भएको छ ।


प्रशासनले उनीमाथि दुर्वयबहार गरेकै कारण उनले झुण्डिएर आत्महत्या गरेको पाइएको छ । प्रहरीले उद्योगका सञ्चालकलाई आत्महत्या दुरुतसाहनको अभियोगमा पक्राउ गरी मुद्दा लगाउनुको सट्टा संरक्षण गरेको समेत पाइएको छ ।

गत मंसिर ६ गते गोलबजार नगरपालिका ९ घर भएकी अन्दाजी ४५ वर्षीया अनिता पासवानले नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

मारुती सिमेन्ट स्थापनाकाल देखि नै नै स्थाई कर्मचारीको रुपमा कार्यरत पासवानले गत मंसिर ६ गते आन्दोलन गरेकी थिइन् । कर्मचारी युनियनकी सदस्य समेत भइसकेकी अनिताले कर्मचारीको तलब कटौती गरेपछि आवाज बताइएको छ । आन्दोलन गरेको भन्दै उनलाई २३ गते नै निलम्बन गरिएको बताइएको छ ।


सोमबार उनलाई निलम्बन गरिएको पत्र टाँसिएपछि उनी उद्योग प्रवेश गर्न खोजेकी थिइन् । तर सेक्युरिटी गार्डले उनलाई धम्काउँदै अपमान गरेपछि आत्महत्या गरेको पाइएको छ ।

सिमेन्टले कर्मचारीको सेवा सुविधा कटौती गरेपछि विरोध गर्ने अन्य २ जना कर्मचारीलाई कामबाट बर्खास्त गरेको थियो ।


अनिता सहित सम्भा यादव, मोहन प्रशाद यादव, मिथिलेस यादव र विनोद महत्तोलाई स्पष्टिकरण गर्दै निष्कासन गरिएको हो ।


स्थानियबासीले सिमेन्ट उद्योगकै लापरबाहीका कारण अनिताको हत्या हत्या भएको भन्दै आन्दोलन गरेका छन् ।


चार सन्तानकी आमा रहेकी अनिताले आत्महत्या गरेपछि नाबालक सन्तानको विजोक भएको छ । कर्मचारीहरुले भने उद्योग भित्रै टायर बालेर आन्दोलन गरेका छन् ।