स्वर्ण विजेतालाई ९ लाख, रजतलाई ६ लाख र काश्यलाई ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

दियोपोस्ट संवाददाता

काठमाडौँ, मंसिर २५ । १३ औँ दक्षिण एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई सरकारले नगद पुरस्कारले सम्मान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा पदक जिताउने खेलाडीलाई पुरस्कार घोषणा गरेका हुन् ।

बुधबार बालुवाटारमा खेलाडीहरुलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख दिने घोषणा गरेका हुन् । त्यस्तै रजत र काश्य जित्ने खेलाडीलाई जनही ६ लाख र ३ लाख दिने घोषणा गरेका छन् ।

त्यस्तै एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाखको दरले पुरस्कृत गर्ने प्रधानमन्त्रीले बताए ।

१३ औँ सागमा नेपालले ५१ स्वर्ण ५८ रजत र ९४ काश्य पदक जितेको छ ।

प्रधानमन्त्रीको घोषणाले खेलाडीमा थप उत्साह मिलेको भन्दै उनको कदमको चौतर्फी स्वागत भएको छ ।