सागमा ४ स्वर्ण, २ रजत र ३ काश्य जितेकी गौरिकाले ६५ लाख पाउने

दियो पोस्ट  

काठमाडौँ, मंसिर २५ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा कीर्तिमानी पदक विजेता गौरिका सिंहले पुरस्कारस्वरुप ६५ लाख पाउने भएकी छिन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेसँगै गौरिकाले ६५ लाख नगद पाउने भएकी हुन् ।

प्रधानमन्त्रीले सागमा एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई प्रत्येक पदकबापत एघार÷एघार लाख दिइने घोषणा गरेका थिए । भर्खरै सम्पन्न भएको सागको पौडितर्फ गौरिकाले ४ स्वर्ण २ रजत र ३ काश्य पदक जितेकी थिईन् । एक स्वर्णवापत एघार लाख, रजत वापत ६ लाख र काश्यवापत ३ लाख दिइने भएपछि गौरिकाले कुल ६५ लाख प्राप्त गर्ने भएकी हुन् ।

त्यस्तै करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए। उनिहरुले जनही २२÷२२ लाख पाउने छन् ।

सागमा पदक जित्ने खेलाडीहरुलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले सम्मान प्रदान गरेका थिए ।