भक्तपुर, मंसिर २७ । काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट बनभोजको लागि हिँडेको बस दुर्घटना भएको छ ।
शुक्रबार विहान बबरमहलबाट सुर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडाका लागि हिँडेको बा ५ ख ४२८६ नम्बरको रिद्धिसिद्धी यातायातको बस सडकमै पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्य २ जनाको अवस्था गम्भिर भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्य २० जनालाई डाक्टर इवामुवारा अस्पताल सल्लाघारी र २ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।