काठमाडौँ, मंसिर २७ । नेपाल कम्युनिस्ट (नेकपा) को सचिवालयको वैठक स्थागित भएको छ । शुक्रबार बस्ने भनिएको सचिवालय वैठकमा शीर्ष नेताहरु अनुपस्थित हुने भएपछि वैठक स्थगित गरिएको नेकपा स्रोतले जनाएको छ ।
उपनिर्वाचनको समिक्षा संगठन सुदृढीकरण तथा स्थायी कमिटीको वैठक लगायतका विषयमा छलफल गर्न शुक्रबार वैठक बोलाएको थियो ।
आज स्थगित भएको वैठक शनिबार बस्ने नेकपा स्रोतले जनाएको छ ।