लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्न संसदीय समितिको निर्देशन

दियोपोस्ट संवाददाता

काठमाडौँ, मंसिर २७ । संसदको अन्तराष्ट्रिय सम्वन्ध समितिले लिपुलेक, कालापीन र लिम्पियाधुरा क्षेत्र समेटिएको नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको वैठकले सरकारलाई पाँच बुँदे निर्देशन जारि गर्दै तत्काल सिमा विवाद सुल्झाउन निर्देश गरेको हो ।

वैठकले भारतीय पक्षबाट अतिक्रमण भएको नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कुटनीतिक तहमा वार्ता गरि समस्या समाधानको लागि आवश्यक पहलकदमी गर्न निर्देशन दिएको छ ।

त्यस्तै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्न निर्देशन दिएको छ ।