भीमफेदीबाट १० किलो चरेश सहित २ जना पक्राउ

भीमफेदीबाट १० किलो चरेश सहित २ जना  पक्राउ

मकवानपुर, २७ मंसिर । भिमफेदी गाउँपालिका-२ बाट अवैध लागूऔषध चरेस करिब १० केजी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा पचरौटा नगरपालिका–७ बस्ने बा ४० प ७२४० नम्बरको मोटरसाइकल चालक १९ वर्षीय अरबिन्द कुमार पटेल र बारा आदर्श कोटवाल गाउँपालिका–७ बस्ने १९ वर्षीय सुलतान अंसारी रहेका छन् ।

मकवानपुर भिमफेदीमा खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको उक्त मोटरसाइकललाई जाँच गर्ने क्रममा झोलामा लुकाईछिपाई ल्याएको उक्त लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Trending News