पुर्वप्रधानमन्त्री झलनाथ खनालका पिएसओ थिए इन्सपेक्टर दाहाल

पुर्वप्रधानमन्त्री झलनाथ खनालका पिएसओ थिए इन्सपेक्टर दाहाल

काठमाडौँ, मंसिर २८ । धनुषा बम विस्फोटमा प्रहरी निरिक्षक अमिर कुमार दाहालको मृत्यु भएको छ । कोखामा बमको छर्रा लागेर गम्भिर घाइते भएका दाहालको उपचारको क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यलय धनुषाल जनाएको छ ।

दाहाल पुर्व प्रधानमन्त्री झलनाथ खनालको पिएसओ भएर काम गरेका प्रहरी अधिकारी हुन् । झलनाथ खनाल प्रधानमन्त्री हुँदा उनको सुरक्षा गार्डको रुपमा काम गरेका थिए । पुर्व प्रधानमन्त्री खनाल प्रधानमन्त्री हुँदा दाहाल प्रहरी सहायक निरिक्षक (सइ) थिए ।

बम विस्फोटमा प्रहरी अधिकारी नै मारिएपछि घटनाको बारेमा चौतर्फी टिकाटिप्पणी हुन थालेको छ । घटना विप्लव निकटका कार्यकर्ताले घटाएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । जिल्ला प्रहरी कार्यलय धनुषाले घटनाको बारेमा सुक्ष्म अनुसन्धान थालेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले पनि घटनामा संलग्न जो कोहीलाई पनि कानुनी कारवाहीमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । घटनाको विषयमा सरकार निकै गम्भिर भएको र अपराधीलाई कारवाही गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । घटनापछि धनुषामा स्थानीयमा त्रास फैलिएको छ ।

Trending News