धनुषा बम विस्फोटमा संलग्न रहेको आशंकामा विप्लव कार्यकर्तासहित दुई जना पक्राउ

धनुषा बम विस्फोटमा संलग्न रहेको आशंकामा विप्लव कार्यकर्तासहित  दुई जना पक्राउ

धनुषा, मंसिर २८ । धनुषा विस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्रउ गरेको छ । पक्राउ परेकाको परिचय भने प्रहरीले खुलाएको छैन ।

पक्राउ परेका दुई जना घटनामै संलग्न हो भनेर भन्न नसकिने प्रहरीले जनाएको छ । पक्राउ परेका मध्य एक जना महेन्द्रनगरकै भएको र विप्लव समुहसँग आवद्ध रहेको प्रहरीले जनाएको छ । मृतकमध्येका राजेश्वर साह औषधि व्यावसायी रहेको र रकमसमेत लगानी गरिँदै आएको थियो। ‘पक्राउ परेका एक व्यक्ति पनि मृतक साहसँग रकम लिएको थियो’, स्रोतले भन्यो, ‘लिएको ऋण तिर्न मृतक साह पटकपटक दबाब दिँदै आएका थिए।

सोही कारण विस्फोट गराएको हुनसक्ने अनुमान छ।’ पक्राउ परेका अर्का व्यक्ति विप्लवसँग आबद्ध भएको व्यक्तिसँग सम्पर्क रहेको बताइएको छ। विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज इन्सपेक्टर अमिर दाहाल, राजेश्वर साह र उनका छोरा आनन्द साहको मृत्यु भएको छ। घटनामा घाइते साहकै तीन आफन्‍तको उपचार धरानमा भइरहेको छ।

Trending News