नेकपा सचिवालय वैठकः स्थायी समिति वैठकको एजेण्डा तय

दियोपोस्ट संवाददाता

काठमाडौँ, मंसिर २९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय वैठक सम्पन्न भएको छ । आइतार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको वैठकले स्थायी समिति वैठकको एजेण्डा तय गरेको छ ।

सचिवालय वैठकले आइतार दिउँसो १ बजे पार्टी कार्यलय धुम्बाराहीमा बस्न लागेको स्थायी समिति वैठकको लागि छलफलका एजेण्डाहरु तयार पारेको हो । वैठकमा प्रधानमन्त्री एवंम् अध्यक्ष केपी ओली भने केही समय मात्र सहभागी भएका थिए । उनले आफ्नो स्वास्थ्य स्थितिका बारेमा जानकारी दिएका थिए ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । यो अर्का अध्यक्षसँग समेत परामर्श गरेर तयार पारिएको हो ।

यसबाहेक विधान संशोधन, नेपाल भारत सीमा समस्या, केन्द्रीय कमिटी बैठकलगायत एजेण्डा पनि छन् ।