
काठमाडौँ, मंसिर २९ । सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु भएका मध्य तीन जनाको सनाखत भएको छ । कालिञ्चोक दर्शन गरेर काठमाडौँ फर्किन लागेको बा २ ख बा २ ख ४४६८ नम्बरको बस अरनिको राजमार्ग अन्तर्गत लामोसाँघु जिरी सडकको पाँच किलोबाट खसेर दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका छन् ।
दुर्घटनामा मृत्यु भएका १४ जनामध्य तीन जनाको मात्र सनाखत हुन सकेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले दियोपोस्टलाई जानकारी दिएका छन् । सनाखत हुनेहरुमा सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नम्बर ७ का २८ बर्षीय शुक बहादुर तामाङ, सोही स्थानका ६० बर्षीया सविना तामाङ र दोलखा भीमेश्वरका ३७ बर्षीया जुनुमाया तामाङ रहेका छन् । अन्य मृतकको परिचय खोज्ने कार्य चलिरहेको र केही समय लाग्ने इन्सपेक्टर खनालले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बसमा ३२ जना यात्रु सवार रहेको जनाइएको छ । ३२ जना मध्य १८ जना घाइते भएका छन् । घाइतेमध्य ८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई काठमाडौँ स्थित ह्याम्स अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । बाँकीलाई भने काभ्रे जिल्ला अस्पताल धुलिखेलमा उपचार गराईँदै छ ।