धनकुटा, मंसिर २९ । धनकुटाको जोरपाटी गाउँपालिका–२ फलैँचामा अटो र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
धनकुटाको हिलेबाट सिंधुवा जाँदै गरेको को २ अ ६६११ नम्बरको अटो तेह्रथुमको बसन्तपुरबाट हिले आउँदै गरेको को १ ख ६९१२ नम्बरको मेसिन बोक्ने लोडेड ट्रकसँग ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा अटो चालक धनकुटा मृत्यु हुनेमा धनकुटा २ का अटोचालक २४ वर्षीय दशरथ पाख्रिन र छथर जोरपाटी गाउँपालिका १ का ४० वर्षीय सांगे शेर्पा रहेका छन् ।
दुर्घटनामा थप दुईजना घाइते भएका छन् । उनिहरुलाई उपचारका लागि हिले र धनकुटा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।