काठमाडौँ, मंसिर २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति वैठक पार्टी कार्यलय धुम्बाराहीमा शुरु भएको छ । वैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली भने उपस्थित छैनन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको वैठकमा अधिकांश सदस्यहरु उपस्थित भएका छन् । स्वास्थ्य अवस्थाका कारण प्रधानमन्त्री ओली उपस्थित नभएपछि अन्य सबै सदस्यहरु उपस्थित भएको नेकपा स्रोतले जानकारी दिएको छ ।
वैठकका लागि पाँच एजेण्डा तय भइसकेको छ । वैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् । आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सचिवालय वैठकले नै स्थायी कमिटी वैठकको एजेण्डाहरु तय गरेको थियो । जसमा पार्टीको विधान संसोधन, नेपाल भारत सिमा विवाद लगायतका विषयहरु थिए ।