सिन्धुपाल्चोक बस दुर्घटनाः मृतकको संख्या १५ पुग्यो, १३ जनाको सनाखत (नामसहित)

दियोपोस्ट संवाददाता

सिन्धुपाल्चोक, मंसिर २९ । सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । उपचारको क्रममा थप एकको मृत्यु भएपछि मृतकको संख्या १५ पुगेको हो । मृतकमध्य १२ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।

आइतबार बिहान दोलखाको कालिञ्चोक दर्शन गरि फर्किएको बा बा २ ख बा २ ख ४४६८ नम्बरको बस अरनिको राजमार्ग अन्तर्गत लामोसाँघु जिरी सडकको पाँच किलोबाट खसेर दुर्घटना हुँदा १२ जनाको दुर्घटनास्थलमै मृत्यु भएको थियो । अन्य तीनको भने उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी इन्सपेक्टर गणेश खनालले जानकारी दिएका छन् ।

दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरुको सुची

१. जुगल गाउँपालिका–७ सिन्धुपाल्चोकका २८ बर्षीय सुकबहादुर तामाङ


२. जुगल गाउँपालिका–७ सिन्धुपाल्चोकका ६० बर्षीया सबिना तामाङ


३. दोलखा भीमेश्वरकी जुनुमाया तामाङ


४. भीमेश्वर–९ , दोलखाकी ४२ बर्षीया रामशरण खत्री


५. भीमेश्वर–९, दोलखाकी मैया खत्री


६.लिसंखुपाखर– ४ की ५३ बर्षीया गंगामाया लामा


७. जुगल–७ याङलकोटकी ७ बर्षीया सबना तामाङ


८. जुगल–७ याङलकोटकी ३० बर्षीया रेश्मा तामाङ


९. जुगल गाउँपालिकाकी २८ बर्षीया मञ्जु तामाङ


१० बलेफी गाउँपालिका–५ कि २७ बर्षीया फुलमाया तामाङ


११. शैलुङश्वरी गाउपालिका फुस्कुका १० बर्षीय रञ्जित बस्नेत


१२. रामेछापको उमाकुण्ड गाउँपालिका–५ का महेश तामाङ


१३.भक्तपुरको सुर्यविनायक नगरपालिकाका चिुन बस्नेत

बाँकी दुई जनाको भने खनाखत हुन बाँकी रहेको छ । मृतक सबैको पोष्टभमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे लगिएको छ । मृतकका आफन्त सबै अस्पतालमा आएकाले प्रक्रिया पूरा गरेर मृतकको शव आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना घाइतेहरुको नामावली

आयुषा तामाङ

धनकाजी तामाङ

रञ्जीता तामाङ

हरिमाया तामाङ

दोर्जे तामाङ

सागर तामाङ

दिपक तामाङ

नैना तामाङ

सहचालक गिपलव तामाङ

भक्तपुरका सागर केसी

नाम नखुलेको ५/६ महिनाकी एक बालिका रहेका छन् ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । दुर्घटनामा घाइते चार जनाको काभ्रेको धुलिखेल अस्पताल र १३ जनाको ह्याम्स अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । दुर्घटनापछि गाडीका चालक भने झ्यालबाट हामफालेर भागेका थिए ।