धादिङ, मंसिर २९ । राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा धादिङको अध्यक्षमा हरि विश्वकर्मा चयन भएका छन् । ‘लोकतन्त्रको मुल आधार समान सहभागीता र विभेद मुक्त समाज, अभिव्यक्ति स्वतन्त्रता र मर्यादित पत्रकारितामा हाम्रो आवाज’ भन्ने नारासहित आइतबार भएको भेलाबाट हरि विश्वकर्मालाई अध्यक्ष चयन गरिएको हो ।
आइतबार भएको भेलाबाट राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नं ३ जिल्ला शाखाले ९ जनाको कार्यसमिति समेत चयन गरेको छ । जसअन्तर्गत उपाध्यक्ष याकराज मग्राती, सचिवमा शुसिला विश्वकर्मा, सह–सचिव रोसनी नेपाली र कोषाध्यक्षमा अनिल कुमार नेपाली चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कोपिला बिसुन्के,सिता वि.क,रञ्जना परियार,कुमार विश्वकर्मा चयन भएका छन् ।
भेलामा प्रदेश नम्बर ३ का प्रदेश सांसद डा. रामकुमार अधिकारीलाई प्रमुख अतिथि बनाइएको थियो । त्यस्तै धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, नेकपाका प्रदेश सचिवालय सदस्य रामबहादुर भण्डारी र राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश नं ३ का इन्चार्ज भीम घिमिरे विश्वकर्माको बिशेष आतिथ्य रहेको कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश नं ३ का सचिव बसन्त परियार, नेपाल कम्युनिष्ट पार्टि(नेकपा) नीलकण्ठ नगर कमिटिका अध्यक्ष दिपक विश्वकर्मा,नेपाली काङग्रेसका जिल्ला सचिव हरीराम बुर्लाकोटी,समाजबादी पार्टी धादिङका नेता नन्द्र प्रसाद काप्री,संचारकर्मीहरु लगायतको सहभागीता रहेको थियो ।