चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

दियोपोस्ट संवाददाता

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको आइतबार राति १० बजे निधन भएको छ । स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लैजाँदै गर्दा बाटैमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको के कारणले निधन भएको हो भन्ने बारेमा केही खुलेको छैन । निर्माता तथा कलाकारसमेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापारसमेत गरेका छन् । करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भट्टराइले केही राम्रा कामको सुरुवातसमेत गरेका थिए ।

भट्टराई तीसको दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिए । उनले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’लगायत छन् । उनले दर्जनौ‌ं चलचित्रमा अभिनयसमेत गरेका छन् ।

सम्बन्धित खबर