पोखरा, मंसिर ३० । पोखरामा जारि पोखरा प्रिमियर लिगको सोमबारको खेलमा एक्सपर्ट धनगढीद्धारा बिराटनगर टाइटन्ससामु १ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ । पोखरा रंगशालामा भएको खेलमा निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय १७ रन बनाएको हो ।
एक्सपर्ट धनगढीका लागि कमल सिंह ऐरिले सर्वाधिक २६ रन बनाए । ऐरीले नवौं २१ बलमा २ चौका र २ छक्का प्रहार गरे। यस्तै अर्का विष्फोटक ब्याटसम्यान श्रीमंथ विजेरत्ने २५ रन बनाएर आउट भए। उनलाई पुनित मेहेराले आउट गराए।
धनगढीका ओपनर सन्दीप सुनार ३ रन बनाएर खेलिरहँदा किशोर महतोको बलमा जितेन्द्र मुखियाको हातबाट क्याच हुन् पुगेका थिए। यस्तै ओपनिङमा आएका रोड्रिगो थोमस १६ रन बनाएर पवेलियन फर्किए। उनलाई नोमान खानले मुहम्मद आलमको हात बाट क्याच आउट गराएका थिए।
सन्दीप जोरा १४ बलमा ७ रन बनाउदै आउट हुन् पुगे। उनि साहब आलमको शिकार बने। १५ बलमा ११ रन बनाएर खेलिरहेका मन्जित श्रेष्ठ मुहम्मद जेड आलमको शिकार बन्न पुगे। १८ बलमा १२ रन बनाएर क्रीजमा जमेर खेलिरहेका सौरभ खनाल नोमान यादवले आउट गराए ।
बलिङतर्फ बिराटनगरका साहब आलमले सर्वाधिक ३ विकेट लिए । यस्तै नोमान खानले २५ रन खर्चेर २ विकेट लिए । किशोर महतो,मुहम्मद जेद आलम र पुनित मेहेराले समान १÷१ विकेट लिए ।