दाङ, मंसिर ३० । दाङको तुलसीपुर महानगरपालिकाबाट १२ जना जुवाडे पक्राउ परेका छन् । तुलसिपुरस्थित एलेक्सी जोन पुल हाउसमा तास खेलीरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको हो । उनिहरुको साथबाट ५८ हजार पाँच सय रुपैयाँ समेत बरामद गरेको दाङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा तुल्सीपुर ८ बस्ने ३५ बर्षीय टेकबहादुर घर्ती, सोही स्थानका ३० बर्षीय कमल घर्ती, २४ बर्षीय गोकर्ण बुडाथोकी, अजय बस्नेत, तुल्सीपुर–१८ बस्ने बर्ष २७ का लक्ष्मण गिरि, तुल्सीपुर ५ का २६ बर्षीय शिवकुमार ओली रहेका छन् ।
त्यस्तै बर्ष २८ का सिद्धान्त गुरुङ्ग, सोही उमेरका रुपेशकुमार गुप्ता, बर्ष २९ का बर्ष २९ का सन्दिप सेर्पाइली , तुल्सीपुर ९ का २८ बर्षीय राजेश कुमार बोहरा र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ घरभई तुल्सीपुर ५ बस्ने बर्ष २९ का रञ्जित श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।