पीपीएलः सुपरओभरमा काठमाडौँमाथि बुटवलको सानदार जित

दियो पोस्ट  

काठमाडौँ, मंसिर ३० । पोखरा प्रिमियर लिख अन्तर्गत सोमबार भएको दोस्रो खेलमा बुटवल ब्लास्टर्स विजयी भएको छ । काठमाडौँ गोल्डेन्सबिरुद्ध खेलेको बुटवलले सुपरओभरमा गएर खेलको नतिजा आफ्नो पक्षमा ल्याएको हो । काठमाडौँले गोल्डेन्सले दिएको १ सय ४० रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले पनि २० ओभर खेल्दै १ सय ४० रन बनाएपछि खेलको नतिजा सुपरओभरमार्फत गरिएको हो ।

सुपरओभरतर्फ पहिले ब्याटिङ गरेको बुटवलले एक ओभरमा २ चौका प्रहार गर्दै १२ रन बनाएको थियो । सुपरओभरमा १३ रनको लक्ष्य पछ्याएको काठमाडौँ गोल्डेन्सले २ रन मात्र बनाउन सफल रह्यो । सुपरओभरमा बुटवलबाट अभिनास बोहराले बलिङ गरेका थिए ।

यसअघि, काठमाडौँले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनायो ।बुटवलका हर्ष टोंकले सर्वाधिक ४५ रन बनाए । उनले ३ चौका र ३ छक्का प्रहार गरे । शिवम सिंहले ३२ रनको अविजित इनिङस खेले । यस्तै, शंकर राना २०, अफ्ताबुदीन अमेद १४, भिम शर्की १३ रन, कप्तान सोमपाल कामीले ११ रनको योगदान गरे ।

काठमाडौँका सुशन भारी र सुबोध भाटीले समान दुईदुई विकेट लिए ।

अन्तिम ओभरमा बुटवललाई ९ रन चाहिएको अवस्थामा काठमाडौँका पवनले ८ रन खर्चेर १ विकेट लिएपछि खेल सुपर ओभरमा पुगेको थियो । अन्तिम बलमा १ रन आवश्यकको रहेको बेला बिपिन खत्री स्टम्पिङ भएका थिए ।

यसअघि, पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।

उसका पवन सर्राफले सर्वाधिक अविजित ३७ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले २१ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै, जयकिशन कोल्सावालाले २८, आदील खान २३ रन, सुबास खकुरेल र ज्ञानेन्द्र मल्लले सम्मान १५र१५ रन जोडे ।

बुटवलका नितेस थापाले २ विकेट लिए । यस्तै हरि बहादुर चौहान र अविनास बोहराले समान १÷१ विकेट हात पारे ।