विद्या भट्टराईले आज सांसदको सपथ लिँदै

दियो पोस्ट  

काठमाडौँ, पुष १ । प्रतिनिधि सभा सांसदमा निर्वाचित भएकी विद्या भट्टराईले आज पद तथा गोपनियताको सपथ लिँदै छिन् । गत मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्कीबाट निर्वाचित भएकी विद्याले मंगलबार दिउँसो सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

भट्टराईलाई उपसभामुख शिवमाया तुम्बाहाङफेले दिउँसो १ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । सभामुखको पद रिक्त भएको कारण उपसभामुखले सांसदलाई सपथ खुवाउन लागेकी हुन् ।