भारी हिमपातले डोल्पामा विद्यालय र सरकारी कार्यलय पुरियो

दियोपोस्ट संवाददाता

डोल्पा, पुष १ । भारी हिमपात भएपछि डोल्पाको मुड्केचुला गाउँपालिका –५ सुर स्थित डाँफे आधारभूत विद्यालय हिउँले पुरिएको छ । विद्यालय पुरिएपछि परीक्षा दिने विद्यार्थीहरु समस्यामा परेका छन् ।

यसैगरी उक्त गाउँपािलकाको प्रशासकीय केन्द्र नर्कुमा रहेका सरकारी कार्यालय हिउँले ढाकिएको छ ।

चिसो बढेसँगै भारी हिमपातका कारण उक्त ठाउँको जनजीवन कष्टकर बनेको छ । रासस