काठमाडौँ, पुष १ । नवनिर्वाचित सांसद विद्या भट्टराईले पद तथा गोपनियताको सपथ लिएकी छिन् । उनलाई उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा सपथ ग्रहण गराएकी हुन् ।
सभामुख नभएका कारण उपसभामुखबाट पहिलोपटक सांसदले शपथग्रहण गरेको संसद सचिवालयले जनाएको छ । शपथग्रहण समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरुङलगायतको उपस्थिति थियो ।
भट्टराई गत मंसिर १४ गते भएको उपनिर्वाचनमा नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् । स्वर्गीय रविन्द्र अधिकारीको स्थानमा उनकै पत्नीलाई नेकपाले उम्मेदवार बनाएको थियो ।