टाँकीको रुखमा झुन्डिएर धादिङ ज्यामरुङका नवराज ढकालद्वारा आत्महत्या !

दियोपोस्ट संवाददाता

दियोपोस्ट संवाददाता
धादिङ, ३ पुष । धादिङको निलकण्ठ नगरपालिका १० ज्यामरुङको ढकालगाउँ घर भएका ४२ वर्षिय नवराज ढकालले झुण्डिएर आत्महत्या गरेका छन् ।


ढकाल गाउँ नजिकै रहेको टाँकीको रुखमा झुन्डिएर आत्महत्या गरेका उनको शव पोष्ट मार्टमको लागि धादिङवेशी स्थित जिल्ला अस्पतालमा लगिएको ज्यामरुङबाट प्रसान्त ढउन्याले जानकारी दिए ।

उनका अनुसार उनले डोरीमा झुन्डिएर खेतमा रहेको टाँकीको रुखमा आत्महत्या गरेका हुन् ।