काठमाडौं, ४ पुस । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की श्रीमती सिता दाहाललाई आयुर्वेदिन उपचारका लागि भारत लगिएको छ ।
भारतीय योग गुरु बाबा रामदेवको भारतको राजधानी दिल्ली हरिद्वार स्थित पतन्जली योगपिठ आश्रममा उनलाई आयुर्वेदिक उपचारका लागि लगिएको प्रचण्डको स्वकिय सचिव तथा उनकी छोरी गंगा दाहालले जानकारी दिइन् ।
गंगाले सामाजिक सञ्जालमा आफ्नी आमाको आयुर्वेदिक प्रविधिबाट उपचार गराउँदै गरेको तस्विर पोष्ट गरेकी छिन् । साथमा भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णसमेत देखिएका छन् । उनीहरुको साथमा पूर्व उद्योग मन्त्री मातृका यादव समेत भारत पुगेका छन् ।