
k|wfgdGqL Pj+ g]skf cWoIf s]kL zdf{ cf]nL, g]skf cWoIf k'iksdn bfxfnnufot a'waf/ kf6L{ sfo{no w'Djf/fOdf a;]sf] g]skf :yfoL ;ldltsf] a}7sdf ;xefuL xF'b} . t:jL/ M /f]zg ;fksf]6f,/f;;
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।
आइतबार धुम्बराहीस्थित पार्टी कार्यालयमा बसेको बैठक अध्यक्षको राजनीतिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको हो । बैठकमा महासचिव विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन पनि पास भएको छ । बैठकले पुस २३ मा केन्द्रीय समिति बैठक बोलाउने निर्णय समेत गरेको छ भने पार्टी एकताका काम १५ दिनभित्र सक्ने निर्णय गरेको छ ।
त्यस्तै अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन इन्डोप्यासिफिक रणनीतिसँग सम्बन्धित नभएको ठहर भएमा त्यसलाई स्वीकार गर्ने निर्णय समेत भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।