काठमाडौँ, पुष ९ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रिय समितिको वैठक पुष ११ गते बस्ने भएको छ । यसअघि पुष १० गते वैठक बस्ने भनिएपनि विभिन्न विषयमा सहमती जुट्न नसक्दा वैठक एक दिन पछाडी सरेको हो ।
विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशनलगायतका विषयमा सहमति हुन नसकेपछि पुुस १० गतेका लागि बोलाइएको बैठक पुस ११ गतेसम्मका लागि तय गरिएको हो।
मंसिर २६ देखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन नसकेपछि विभिन्न समयमा बोलाइएको बैठक स्थगित हुँदै आएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक पुस ११ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए।