काठमाडौँ, पुष ९ । पोखरा प्रिमियर लिगअन्तर्गत लिग चरणको अन्तिम चरणको खेलमा बिराटनगरले सानदार जित दर्ता गरेको छ । बुधबार बुटवलले दिएको १ सय ३४ रनको लक्ष्यलाई ११ ओभर ४ बलमै पुरा गर्दै बिराटनगर विजयी भएको हो ।
लिग चरणको अन्तिम खेलमा बुटवल ब्लास्टर्सले दिएको १३४ रनको लक्ष्य १२.२ ओभरमा पुरा गरे बिराटनगर इलिमीनेटर खेल्न छनौट हुने समिकरण थियो। बिराटनगरले ११.४ ओभरमा उक्त लक्ष्य पुरा गर्दै इलिमीनेटरमा स्थान पक्का गरेको हो। बिराटनगर इलिमीनेटर पुगे संगै अंकतालिकामा चौथो काठमाडौँ गोल्डेन वारियर्सको इलिमीनेटर पुग्ने आशा समाप्त भएको छ।
बिराटनगरले लक्ष्य पछ्याउने क्रममा नोमान खानले सर्वाधिक ३५, पुनित मेहराले ३२ , मोहम्मद जैद आलमले २४ रन तथा पुष्प थापाले अविजित १८ रन बनाए।टवलको बलिंगमा नितेश थापाले २ कमल खत्री , हर्ष टोन्क र अविनाश बोहराले समान १÷१ विकेट लिए।
टस हारेर पहिलो ब्याटिङ गरेको बुटवलले २०ओभरमा ७ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो ।
बुटवलका लागि दुई भारतीय खेलाडी हर्स टंक र शिभम् सिंले उत्कृष्ठ ब्याटिङ गरे । हर्सले ४४ बल खेल्दै ६ चौका र ५ छक्काको मद्धतले व्यक्तिगत ६७ रन बनाए । त्यस्तै पाँचौ नम्बरका ब्याट्सम्यान शिभम् सिंले २६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३७ रनको योगदान गरे । टोलीका अन्य खेलाडीहरुले निकै नै फितलो ब्याटिङ गरेका थिए । निकै आशा गरिएका खेलाडी अफ्तावुदिन अहमद पहिलो बलमै पवेलियन फर्के । उनिसंग साझेदारी खेलिरहेका शंकर राना १४ बलमा २ रन बनाउँदै आउट भए ।

तेस्रो नम्बरमा आएका हर्सले निकै नै शानदार ढंगले ब्याटिङ गर्दै रन बटुलेका थिए । यसअघिका खेलहरुमा निकै राम्रो ब्याटिङ गर्दै आएका भीम सार्कीले आजको खेलमा भने सोँचेअनुसारको प्रदर्शन गर्न सकेनन् । ७ बल खेलेका भीमले ५ रन मात्र बनाउन सके । त्यसपछि मैदान प्रवेश गरेका शिभम् सिंहले हर्स सँग निकै राम्रो साझेदारी खेले । त्यसपछि ब्याटिङमा आएका कप्तान सिद्धान्त लोहनी पनि २१ बलमा ११ रन बनाउँदै पवेलियन फर्के । खेलमा संसद शेख र अभिनास बोहराले क्रमशः ७ र १ रन बनाए ।

बलिङतर्फ बिराटनगरका मोहम्मद जेद आलमले उत्कृष्ठ ४ विकेट लिए । किशोर महतोले २ विकेट लिँदा सहबब आलम र दिपेश श्रेष्ठले एकएक विकेट लिए ।