चार राजदुतलाई गैरआवसीय राजदुतको समेत जिम्मेवारी

दियो पोस्ट  

काठमाडौँ, पुष ९ । सरकारले चार मुलुकका लागि तोकिएका राजदुतलाई थप जिम्मेवारी दिएको छ । बुधबार राष्ट्रपति कार्यलय शीतलनिवासले एक विज्ञप्ती जारि गर्दै मलेसिया, फ्रान्स, अष्ट्रेलिया र स्वीट्जरल्याण्डका लागि नेपाली राजदुतलाई थप जिम्मेवारी दिने निर्णय गरेको हो ।

मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेलाई गणतन्त्र फिलिपिन्सका लागि गैरआवसीय राजदुतको जिम्मेवारी समेत दिइएको छ । फ्रान्सका लागि नेपाली राजदुत दीपकराज अधिकारीलाई मोनाकोका लागि गैरावसीय राजदुर, अष्टे«लियाका लागि नेपाली राजदुत महेशराज दाहाललाई न्युजिल्याण्डका र स्वीट्जरल्याण्डका लागि नेपाली राजदुत मणिप्रसाद भट्टराईलाई इटलीको गैरावसीय राजदुतको जिम्मेवारी दिने निर्णय गरेको हो ।

राष्ट्रपति कार्यालयले जनाएअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई गैरआवासीय नेपाली राजदूत पदमासमेत नियुक्त गरिएको हो ।