काठमाडौँमा आज बर्षको सबैभन्दा चिसो, तापक्रम एक डिग्री सेल्सीयस

दियो पोस्ट  

काठमाडौँ, पुष १० । उपत्यकामा अत्याधिक चिसो हुँदै गएको छ । बिहीबार बिहान काठमाडौँ उपत्यकाको तापक्रम एक डिग्री सेल्सीयस रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।

बुधबार काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको रहँदा बिहीबार घटेर एक डिग्री सेल्सीयसमा पुगेको हो । उपत्यकामा केही समय मौसम घटिरहने महाशाखाले जनाएको छ ।

उपत्यकामा दिउँसो भने तापक्रम केही बढ्ने छ । महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा दिउँसोको अधिकतम तापक्रम १६ डिग्री सेल्सीयससम्म रहने छ ।

बुधबार सबैभन्दा कम तापक्रम जुम्लाको मापन गरिएको छ । जुम्लाको तापक्रम माइनस ६ दशमलव ५ डिग्री सेल्सीयस पुगेको महाशाखाले जनाएको छ । त्यस्तै जोमसोम र जिरीको तापक्रम पनि क्रमश माइनस ३ दशमलव ५ डिग्री सेल्सीयस र ३ दशमलव २ डिग्री सेल्सीयस रहेको छ ।