काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा कपनबाट एक जना पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका, १२ कपन बस्ने २९ वर्षीय लक्ष्मण नेपाललाई २५ वर्षीया श्रीमती उषा पनेरु नेपालको हत्या अभियोगमा आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उषालाई डोरीले घाँटी कसी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले लक्ष्मणलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।