कांग्रेसबाट निर्वाचित मेयर अमरसिंह धामी युवतीसहित ब्लु डान्स बारबाट पक्राउ !

दियो पोस्ट  

महेन्द्रनगर, १३ पुस । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामी डान्सबारबाट युवतीसहित पक्राउ परेका छन् ।

नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित धामी महेन्द्रनगरस्थित ‘ब्लू डान्स’ बारबाट पक्राउ परेको बताइएको छ । मेयर धामीलाई यस विषयमा सोध्न उनको नम्बरमा सम्पर्क गर्दा स्विच भनिएको छ ।

डान्स बारमा मदिरा पिएर हो–हल्ला गरेपछि मेयर धामीसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले मेयर धामीलाई पक्राउ गरेको बताइएको छ । धामीसँगै केही युवतीसमेत प्रहरीले पक्राउ गरेको छ । केही युवतीलाई धामीले दुर्व्यबहार गरेको भन्दै प्रहरीलाई खबर गरेका थिए । युवतीसहित पक्राउ परेका धामीले आफू मेयर रहेको भन्दै प्रहरीलाई नै धम्की दिएका थिए ।

ट्रेन्डिङ