मेडिकल कलेज र सरकारबीचको सहमती काजगमा मात्रैै सिमित, विद्यार्थीसँग अतिरिक्त शुल्क असुल

दियो पोस्ट  

काठमाडौं । गत मंसिर २० गते निजी मेडिकल कलेज सञ्चालक र सरकारबीच शुल्क फिर्ता गर्ने सहमति भए पनि वीरगञ्जस्थित एक मेडिकल कलेजले भने सहमती बिपरित अतिरिक्त शुल्क असुलेको पाईएको छ । यहाँस्थित नेशनल मेडिकल कलेजले मागेको शुल्क नतिरे फाइनल परीक्षाको फर्म भर्न नदिने भन्दै बिद्यार्थीसङ्ग अतिरिक्त शुल्क मागेको पाइएकाे हाे ।

बिद्यार्थीले अतिरिक्त शुल्क लिएको बिषयमा चिकित्सा शिक्षा आयोगमा उजुरी दिएका थिए । आयोगले उजुरी लिन नमानेको एक बिद्यार्थीले बताए ।

उक्त कलजेमा अध्यनरत एक विद्यार्थीले भने, ‘हामी हरेक ब्याचका विद्यार्थीले आइओएममा पुरा शुल्क तिरे पनि कलेजले अतिरिक्त शुल्क मागेको छ,’ १८ औ ब्याचका एक विद्यार्थीले भने, ‘परीक्षा फर्म भर्न नदिने भनेर जबरजस्ती गर्न थालेपछि केही विद्यार्थीले अतिरिक्त शुल्क तिरे भने कतिले तिरेका छैनन्।’

उनका अनुसार कलेजले पुस्तकालय, ल्याब, प्रमोशनलगायत ८ वटा शीर्षकमा गरी चार लाख ६१ हजार ८ सय शुल्क असुलेको छ। कलेजले सरकारसँगको सम्झौता उल्लघंन गरेपछि उनीहरु चिकित्सा शिक्षा आयोगमा उजुरी दिन आएका थिए। तर, आयोगले उजुरी दर्ता गर्न मानेन्। नेशनल कलजेका सञ्चालक बसुरद्दिन अन्सारी आयोगका सदस्य छन्।

सरकारसँग सहमति गरेपछि कलेजले २३ गते विद्यार्थीसँग चार बुँदे सहमति गर्‍यो । शैक्षिक वर्ष २०७५ ७६ का पहिलो किस्ता र केही अतिरिक्त शुल्क तिरिसकेका विद्यार्थीहरुको विधि परीक्षा, रजिष्ट्रेसन, काउन्सिल रजिस्ट्रेसन , होस्टल र खानाको कटौती गरेर बाँकी रकम आउँदो किस्तामा समायोजन गर्ने सहमति भएको थियो।

तर, त्यो सहमति तोड्दै कलेजले फेरि अतिरिक्त शुल्क असुल्न थालेको छ।

वीरगञ्जको नेशनल कलेजले यसअघि भर्ना भएका १ सय जनाबाटै ५५ लाख भन्दा माथि असुलेको तथ्य बाहिरिएको थियो। उक्त कलेजलाई राजश्व छलीको समेत आरोप लागेको छ

सिफारिस